माैसमः तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो

कोसी, वागमती र गण्डकी प्रदेशका उच्च भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार रातिकाे समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । त्यस्तै कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।

Facebook Comments