कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । तर बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो ।
समानुपातिक निर्वाचनका लागि बन्दसूची बनाउन बैठक बस्न लागेकाे हाे ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ ।
Facebook Comments

