माैसमः उच्च भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएकाे छ ।

महाशाखाले कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेकाे छ । त्यस्तै तराई भू-भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

शुक्रबार राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

त्यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । 

Facebook Comments