माैसमः तराई अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ ।

महाशाखाले आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहने जनाएकाे छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ । त्यसैगरी तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको र तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहने जनाएकाे छ ।

Facebook Comments