राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २७ औँ बैठक सोमबार बस्दैछ । संसद् सचिवालयले अपराह्न १२:१५ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो ।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
आजको व्यवस्थापन कार्यअन्तर्गत ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा समावेश छ ।
यस्ते छ राष्ट्रियसभाकाे कार्यसूची

Facebook Comments

