माैसमः पश्चिमी वायूको आंशिक प्रभाव

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज बुधबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

Facebook Comments