रास्वपा र उज्यालाे नेपाल पार्टीवीचकाे एकता भंग
उज्यालाे पार्टीले कुलमान घिसिङलाई पहिलाे वरियताकाे उपसभापति बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकताका लागि गरेकाे सहमति भंग भएकाे छ । मन्त्री पदबाट राजीनामा गरी राजनीतिमा केन्द्रित हुन खाेज्नुभएका घिसिङ र रवि लामिछानेवीच भएकाे पटक पटककाे वार्ता असफल भएपछि अन्ततः १२ दिनमै एकता भंग भएकाे हाे ।
रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते सहमतिपत्र हस्ताक्षर भएको थियो।
उक्त सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको साक्षीका रूपमा तथा रास्वपा तर्फबाट सभापति रवि लामिछाने र उज्यालो नेपालबाट अध्यक्ष अनुपकुमार उपाध्यायकाे साे हसमतिमा हस्ताक्षर थियो।
रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङ दुवै पक्षसँग एकैपटक एकता गर्न चाहेपनि साे प्रयास असफल भएकाे थियाे ।
सुरूमा कुलमानलाई प्रधानमन्त्री अफर गरेपनि बालेन पक्ष स्वयं भने रास्वपाकाे अफरमा बालेन प्रधानमन्त्री बन्नेगरी रास्वपामा मिसिएकाे थियाे ।
शनिबार रास्वपा सभापति रवि लामिछानेले कुलमानसँगकाे वार्तामा धेरै मागहरू थपिंदै जाँदा एकसाथ अगाडी बढ्न नसकिने निष्कर्ष सचिवालय बैठकमा राखेकाे स्राेतले जनाएकाे छ।
कुलमानले शनिबार साँझ पत्रकार सम्मेलन गरी उज्यालाे पार्टीकाे अध्यक्ष बन्ने गरी रास्वपाले एकतर्फी सहमति भंग गरेकाले उज्यालाे नेपाल पार्टी मार्फत् नै निर्वाचनमा हाेमिने घाेषणा गर्नुभयाे ।

