विशेष महाधिवेशनले नीति र नेतृत्व बदल्न पनि सक्छः गगन थापा
जेनजी आन्दोलनको क्रममा राज्यको तर्फबाट बल प्रयोगः शर्मा
नेपाली कांग्रेसका महामन्त्री गगनुमार थापाले विशेष महाधिवेशनले पार्टीकाे नीति र नेतृत्व दुवै बदल्न सक्ने बताउनुभएकाे छ ।
कांग्रेसकाे काठमाडाैंकाे भृकुटीमण्डपमा शुरू भएकाे विशेष महाधिवेशनमा सम्बाेधन गर्ने क्रममा महाधिवेशनकाे बन्दसत्रकाे हलले पार्टीकाे नीति, नेतृत्व, विधान बदल्न सक्ने बताउनुभएकाे हाे ।
पार्टी विधान अनुसार महाधिवेशन नै नीति र नेतृत्व चयन गर्ने सर्वाेच्च थलाे रहेकाे उहाँकाे जिकीर थियाे । थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गर्नुभयाे ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टी नफुट्ने बरू सुदृढ भएर अगाडि बढ्ने बताउनुभयाे । उहाँजे भाद्र २३ गते संसद भवन भत्कन दिएर भएपनि युवाहरूकाे जीवन बचाउनुपर्ने धारणा राख्नुभयाे ।
शर्माले भाद्र २३ र २४ गतेका घटनाकाे उचित छानविन हुनुपर्ने बताउनुभयाे । पार्टीकाे महाधिवेशनबाट जेनजी आन्दोलनको क्रममा राज्यको तर्फबाट बल प्रयोग भएको बारे छानविन गर्नुपर्ने विषयमा धारणा सार्वजनिक गर्ने बताउनुभयाे ।
उहाँले पार्टी कार्यालय र पार्टी संस्थापकको निवासमा भएको आगजनीप्रति आपत्ति प्रकट गर्नुभयाे । उहाँले सिहंदरबार लगायतका राज्यका निकायहरूमाथिकाे आगजनीप्रति पनि असन्तुष्टी प्रकट गर्नुभएकाे थियाे ।
यसैवीच कांग्रेसकाे विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेका बताइएकाे छ ।

