अन्ततः बाबुराम भट्टराई गाेरखामा २ बाट निर्वाचन लड्ने
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गाेरखा क्षेत्र नं. २ मा प्रगतिशील लाेकतान्त्रिक पार्टीबाट निर्वाचन लड्ने घाेषणा गर्नुभएकाे छ । उम्मेदवारी मनाेनयनका लागि भट्टराई गाेरखातर्फ लाग्नुभएकाे छ ।
उहाँले पार्टी र जनताकाे अनुराेधका कारण उम्मेदवार बन्ने निर्णय गरेकाे सामाजिक सञ्जाल मार्फत् घाेषणा गर्नुभएकाे हाे ।

सहयाेगकाे अपेक्षा सहित डा. भट्टराईकाे अपिल
गोरखा-२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु। सबैबाट सहयोग र सद्भावको अपेक्षा गर्दछु।

Facebook Comments

