कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः बस्दैछ । शुक्रबारबाट शुरू भएकाे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुनेछ ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदन र पार्टी सभापति गगन थापाको राजीनामाका सम्बन्धमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

अधिकांश सदस्यले सभापति थापाकाे राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । 

Facebook Comments