कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी
विशेष महाधिवेशनबाट निर्वाचित भएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
नयाँ नेतृत्व चयन भएपछि पहिलाेपटक केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे ।
आज बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने तयारी रहेकाे नेताहरुले बताएका छन् ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएकाे थियाे । यद्यपि विशेष महाधिवेशन र साेकाे निणर्यकाे विराेधमा देउवा पक्षले सर्वाेच्चमा मुद्दा दर्ता गरेकाे छ ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आज पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने गरी व्यवस्थापन गरिएकाे छ ।

