तीन प्रदेशमा मध्यम वर्षा

जल तथा माैसभ विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । महाशाखाले अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको पनि उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहिमाली भू-भागमा आंशिक बादल लागेको छ ।

महाशाखाले कोशी र मधेश प्रदेशको थोरै स्थान तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको उल्लेख गरेकाे छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिन अनुसार बिहीबार दिउँसाे र राती माैसम तपसिल बमाेजिम छ ।

२०८३ असार ११ गते (बिहीबार) 

दिउँसोः देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ । 

रातिः कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई भू-भाग र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

Facebook Comments