बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

मौसम विश्लेषण: जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको महाशाखाले जनाएकाे ।

आइतबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र  तराई भू-भागमा आंशिक बादल लाग्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

रातकाे समयमा देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाले कोशी, मधेश, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा,  कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेकाे छ । 

Facebook Comments