अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीकाे टाेलीले अनलाइन स्क्याम गर्ने २ जनालाई नियन्त्रणमा लिएकाे छ ।

पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ स्थित पुश्पेन्द्र कोइरालाको घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरुले विभिन्न मानिसहरुलाई एसिया र युरोप महादेशका देशहरुमा घुम्न लैजाने भनी स्क्याम गरी रहेको भन्ने सूचनाको आधारमा प्रहरी टाेली परिचालन भएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सप्तरी कञ्चनपुर नगरपालिका वडा नं.१२ बस्ने बर्ष २६ को विवेक रेग्मी र भारत देश कर्नाटक राज्य महेश्वर जिल्ला शान्तिनगर बस्ने बर्ष ३० का Mohammed Yasheer लाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले कम्प्युटर, रसिद, रजिष्टर लगायतका सामान सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको जनाएकाे छ ।

निजहरुले Oasis tourism international नामको संस्था स्थापना गरी १५ जना युवायुवतीहरुलाई समेत खटाई अनलाईन माध्यमबाट र फोनबाट विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी 3N/4D Holiday voucher fill & win register & win assured gift लेखिएको coupon भर्न लगाई रकम उठाउने गरेको प्रहरीले जनाएक्ाे छ ।

हालसम्म ३० जना व्यक्तिहरुलाई एसिया र युरोप महादेशका विभिन्न देशमा visit गराउने भन्ने प्रलोभनमा पारी उक्त coupon भर्न लगाई नगद रु.९,६५,०००।- (नौ लाख पैसठ्ठी हजार) ठगी गरिसकेको र १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई बैध काम भनी यस प्रकारको अबैधानिक क्रियाकलापमा संलग्न समेत गराएको प्रहरी अनुसन्धानले देखाएकाे दाबी गरिएकाे छ ।

बरामद सामानहरुको विवरण र फोटो :

  • कम्प्युटर, मनिटर- २ थान,
  • विभिन्न रजिष्टर तथा रेकर्ड बुक – ८ थान,
  • कुपन रसिद – ६ थान,
Facebook Comments