प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी भएर स्वदेश फिर्ता
प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ।
गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह आज अपरान्ह स्वदेश फर्कनुभएकाे हाे ।
विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरूङ र पर्यटन एवं संस्कृति मन्त्री खड्कराज पाैडेलले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुभएकाे थियाे ।
नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता एवं त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएकाे थियाे । भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गरी जानकारी दिन प्रधानमन्त्री शाहकाे सचिवालयले जनाएकाे छ ।


