माैसमः तराईमा हुस्सु/कुहिरो, पहाड तथा हिमालमा बादल
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्नेछ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । महाशाखाले कोशी, र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

