निर्वाचन आचारसंहिता विपरीतका कार्य राेक्न गृह मन्त्रालयकाे निर्देशन
गृह मन्त्रालयले २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता उल्लङ्घनका घटना हुन सक्ने भएकाले राेक्नका लागि निर्देशन जारी गरेकाे छ ।

मन्त्रालयले निर्वाचनपूर्व एवं निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाएकाे छ । निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गर्ने तथा विपरीतका कार्य भएमा राेक्न निर्देशन दिएको हो ।
आचारसंहिता लागू गर्ने सम्बन्धमा गरिएका कार्यको प्रतिवेदन पेस गर्नुपर्ने निर्देशन समेत गृहकाे छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
Facebook Comments

