संघीयता खारेजीको दिशामा गयोः काँग्रेस नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता नै खारेजीको दिशातिर जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

साथै उहाँले संघीयता खारेजीको बाटोतिर नजान सरकारलाई चेतावनी दिनुभएको छ ।

नेता सिटौलाले जनतामा ‘प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आएको जिकिर गर्नुभएको छ ।

आइतबार आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले संघीयता दिनप्रतिदिन कमजोर बनाउने कार्य भएको बताउनुभयो ।

नेता सिटौलाले प्रदेश सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै केन्द्रलाई देखाएर आफ्नो कमजोरी नलुकाउन आग्रह गर्नुभयो । काँग्रेसले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उहाँको भनाई छ ।

Facebook Comments