प्रधानमन्त्रीद्वारा विषादी प्रकरणमा माफी, आफूलाई झुक्याइएको गुनासाे
प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै माफी माग्नुभएकाे छ । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्नधानमन्त्रीले खाेजविन भइरहेकाे बताउनुभयाे ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको बताउनुभयाे । उहाँले पत्रकाे बिषयमा थाह नभएपछि सार्वजनिक रूपमा आएको छैन भनेकाे तर पत्र आएकाे रैछ । यस बिषयमा म माफी चाहन्छु ।
‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उहाँले भन्नुभयाे, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
बिषादी परीक्षणकाे काम हुने उहाँकाे भनाइ छ । गल्ती गर्ने कर्मचारीलाइ कार्वाही गर्ने चेतावनी दिनुभयाे ।
Facebook Comments

