त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उठान अवतरण सूचारू
यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण सूचारू भएको छ । ।
नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको थियाे ।
साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ ।
अवतरण अवरूद्ध हुँदा नेपाल अवतरण गर्न अाएका विमानहरू नयाँ दिल्ली र तिब्बतकाे लासा विमानस्थलमा डाइभर्ट भएका थिए ।
Facebook Comments

