नेकपाले जिल्ला इञ्चार्ज तोक्यो, विभाग भने गठन हुन सकेन(सूचि सहित)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज र सह इञ्चार्ज तोकेको छ ।
भागबण्डा मिलाउँदा कुनै जिल्लामा इञ्चार्ज मात्रै ताेकिएकाे छ भने कुनै जिल्लामा १० जनासम्म सह-इञ्चार्ज ताेकिएकाे छ ।
आइतबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ जिल्ला र ६ वटा महानगरको इञ्चार्ज सह इञ्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
विभाग र आयोग गठनको समेत निर्णय लिने अपेक्षा गरिएपनि त्यसबारे निर्णय गर्न आगामि ७ गते पुनः बैठक बस्ने बताइएको छ ।
प्रवक्ता श्रेष्ठले विभाग र आयोगबारे सहमति नभएको र आगामि बैठकमा टुंगो लगाउने बताउनुभयो ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच विभागबारे छलफल भएको थियो । पूर्व एमाले र माओवादी केन्द्रका नेताहरुवीच विभागमा कस कसलाई नेतृत्व दिने भन्नेबारे अझै सहमति कायम हुन सकेको छैन ।
सहमति जुटाउन पूर्व एमाले र पूर्वमाओवादी केन्द्रका नेताहरूको बेग्ला बेग्लै बैठक समेत बसेको छ । महत्वपूर्ण मानिएको स्कूल विभाग कस्ले लिने भन्नेमा दुवै पक्षको अडान रहेको बुझिएको छ ।







