गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

गण्डकी प्रदेशको राजधानी पोखरामा आज देखि सहकारी रजिष्ट्रारको कार्यालय स्थापना भएको छ । गण्डकी प्रदेशका मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको शुभारम्भ गर्नुभएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले पहिलो पटक आफ्नो ऐन र निमावली बनाएर कार्यालय स्पापना गरेको सहकारी रजिष्ट्रार कार्यालय रहेको बताउनुभयो ।

सहकारी उत्पादन मुखी हुनु पर्नेमा जोड दिदै मुख्यमन्त्री गुरुङले बाणिज्यबैकले गर्नेकाम सहकारीले गरेर नहुने बताउनुभयो ।

यस आर्थिक बर्षम कम्तीमा ९५ प्रतिशत काम सम्पन्न हुने गरेर काम मन्त्रालयका कर्मचारीलाई निर्देशन दिदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा पर्यटन, हाइड्रो र कृषि प्राथमिकतामा रहेको भन्दै सरकारको ध्यान विशेष गरेर कृषि र उत्पादनको क्षेत्रमा रहेको बताउनुभयो ।

कर्मचारीलाई उत्साहका साथ काम गर्न निर्देशन दिदै मन्त्री गुरुङले गण्डकी प्रदेशमा ६५अर्वको पुजी सहकारीमा रहेकोले उत्पादनमा लगाउन जोड दिनुभयो ।

भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशमा रहेका सहकारीहरुलाई नियमन गर्नको लागि आजदेखि सहकारी सूचना प्रणाली स्थापना गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकार मातहतमा हाल ९२९ सहकारी रहेको सहकारी रजिष्टार बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।

सहकारी विधेयक क्याविनेटमा गएको र रजिस्टारको कार्यालयको लागि १७ जना कर्मचारी प्रस्ताव गरिएको बताइएको छ ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले सहकारीलाई यस प्रदेशले अन्यप्रदेशलाई हेर्न लायक गरी कामगर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका बरिष्ठ अधिकृत माधब प्रसाद लम्साल लगायतले बोल्नु भएको थियो ।

Facebook Comments