माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजना अब पूर्ण क्षमतामा

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भइ पूर्ण क्षमतामा सञ्चालनमा आएकाे छ ।

निर्माण सम्पन्न भएसँगै आयोजनाको दोस्रो युनिटबाट समेत विद्युत उत्पादन शुरु भएको छ । दुवै युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएपछि आयोजनाले पूर्णता पाएको हो ।

३० मेगावाट पहिलो युनिटले २ जेठबाटै उत्पादन थालेको थियो । आयोजनाको दोस्रो युनिटको पनि बुधबारबाट लगातार ७२ घन्टे परीक्षण पनि सफल भएको छ ।

यससँगै २०६५मा मध्यमस्र्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा पुगेर आयोजनाको निर्माण सकिएको घोषणा गर्नुभयो ।

यद्यपि आयोजनाको दोस्रो युनिट अहिले पनि परीक्षण उत्पादनकै क्रममा छ । परीक्षण उत्पादन सफल सकिपछि व्यवसायिक उत्पादन सुरु हुनेछ ।

पहिलो युनिटले उत्पादन थालेयता यो आयोजनाबाट हालसम्म २ करोड २० लाख युनिट विजुली उत्पादन भइसकेको विद्युत प्राधिकरणले जनाएको छ ।

यो आयोजनाको दैनिक १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।

नुवाकोटको सिम्लेमा रहेको विद्युतगृहबाट काठमाण्डौ मातातिर्थमा रहेको सवस्टेशनमा २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत जोडिएको छ ।

Facebook Comments