पत्रकार रवीन्द्र बास्तोलालाई दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान प्रदान गरिदैं

प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित‘ दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान २०७५’ पत्रकार रवीन्द्रनाथ बास्तोलालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा पालिखे परिवारद्वारा स्थापित पत्रकारिता सम्मानको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेकाे छ । यसअघि रु ३३ हजार ३३३ पुरस्कार राशी रहेकोमा यसवर्षबाट बृद्धि गरिएको छ ।

पुरस्कार अर्पण समारोहको सम्पूर्ण तयारी पूरा भएको र नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने पत्रकार महासंघ कास्कीले जनाएकाे छ ।

महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार सम्मान समारोहमा सहभागिताको लागि पूर्वप्रधानमन्त्री देउवा सोमबारनै पोखरा आइसक्नुभएकाे छ ।

पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष बास्तोलाले विगत २३ वर्षदेखी पत्रकारितामा क्रियाशील रही समाज रुपान्तरणमा योगदान पुर्याए बापत उहाँलाइ सो सम्मान प्रदान गर्ने निर्णय गरिएको बताइएकाे छ ।

Facebook Comments