राष्टिय आविष्कार केन्द्रलाइ जापनी नागरिकको आधा करोड बढी सहयोग

राष्टिय आविश्कार केन्द्रलाई जापनी नागरिकबाट आधा करोड बढी सहयोग प्राप्त भएको छ । ५१ हजार डलर अर्थात नेपाली ५७ लाख ३७ हजार ५ सय ७६ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

केन्द्रका सञ्चालक महाविर पुनले अचम्मसँग ठूलो दान प्राप्त भएको र सहयोगका लागि अरु नेपालीहरुलाई पनि सहयोग गर्नु भन्दै सामाजिक सञ्जालमा सहयोगबारे जानकारी दिनुभएको छ ।

पुनद्वारा सामाजिक सञ्जाल फेसबुकमा प्रेसित सन्देश

अचम्म संग ठुलो दान प्राप्त भयो. लौ त अरु नेपालीहरुले पनि यसरी नै बल गर्नुहोस:

नेपालमा आउंदै नआएको र मलाई चिन्दै नचिनेको एकजना ७५ बर्षीय जापानिज दाताले राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खातामा US$51,000 (एकाउन्न हजार अमेरिकी डलर) अर्थात Rs.5,737,576 (सन्ताउन्न लाख सैंतिस हजार पांच सय छयत्तर रुपैंया) दान गरेका छन्. निजको नाम SEIICHI WATANABE हो र उनी Chiba Prefecture Japan को बासिन्दा रहेछन. उनले हाल काम बाट अबकास लिएर आफ्नी श्रीमती संग बस्दा रहेछन. अब कसरी राष्ट्रिय आविष्कार केन्द्र लाई सो दान गरे भन्ने कुरा पनि सुन्नुहोस.

एक जना नेपाली भाई Dr. Sandeep Shakya ले जापानको अस्पतालमा काम गरि रहेका छन्. उनी र जापानमा काम गर्ने नेपाली डाक्टरहरु मिलेर ASHA नामक एउटा संस्था खोलेर नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगहरु गरि रहेका छन. सन्दीप भाइले काम गर्ने अस्पतालमा Watanabe san भन्ने जापानिज उपचारको क्रममा आउने रहेछन र सन्दीप भाईले Watanabe जी को उपचार गर्दा रहेछन. यसरी चिनजान भएछ र उपचारको क्रममा भेटघाट हुने रहेछ. त्यहि सिलसिलामा निज जापानिजले आफु नेपाल नगएको भएता पनि नेपाललाई सहयोग गर्ने ईच्छा देखाएछन् र कुन कामको लागी नेपालमा कसलाई सहयोग गर्दा राम्रो हुन्छ भनेर सन्दीप भाई लाई सोधेछन. सन्दीप भाई ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्यो भने नेपाल र नेपालीहरुलाई धेरै फाइदा हुन्छ भनेछन. सन्दीप भाइले नै ति जापानिजलाई राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेडको खाता नम्बर दिएछन. सो दानको रकम यसरी आएको हो. संसार भर छरिएर बस्नु भएका अरु नेपालीहरुले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई यसरी सहयोग गर्न सक्नु हुनेछ. सन्दीप भाई र Watanabe san को फोटो पनि हेर्नुहोस. भाई सन्दीपलाई धेरै धेरै धन्यबाद छ. 

Facebook Comments