अव अर्को निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकारः सांसद रिजाल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले अर्कोपटक काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले सरकारको कामकारबाहीकै कारण अर्को पटक कांग्रेसको सरकार बन्ने जिकीर गर्नुभयो ।
प्रधानमन्त्रीले मन्त्रीसँग कार्यसम्पादन करार गर्नुभएको छ । मन्त्रीहरुले कार्यसम्पादन पुरा नगर्दा मन्त्री हटाउनुहोला तर निर्वाचनका बेला जनतासँग गरेका कार्यसम्पादन पूरा नभए सरकार के हुन्छ प्रधानमन्त्री ज्यू ? रिजालको प्रश्न थियो ।
उहाँले जनतासँग गरेका प्रतिबद्धता सरकारले भुलेको आरोप लगाउनुभयो । विगतमा व्यक्लिे लोकतन्त्रका लागि गरेको महत्वपूर्ण भूमिकाकै आधारमा अहिले पनि त्यसैको व्याज खाने जस्तो कुरा गरेर नहुने रिजालको तर्क थियो ।
‘लोकतन्त्रका लागि सरकार लडेको होइन, लड्या मानिसहरुले बनाएको सरकार हो । एकपटकको योगदानले जीवनभरि जे पनि गर्न अधिकार दिन्न,’ रिजालले भन्नुभयो ।’
‘एउटा कुरा खुसी लाग्यो, प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ,’ रिजालले भन्नुभयो, ‘ठीक हो प्रधानमन्त्रीज्यू यस्तो काम देखेपछि त अर्कोपटक कांग्रेसबाहेक अरू कसको सरकार बन्छ ?’
सरकार पूर्णत असफल भएको उहाँको भनाई थियो ।

