समर्थकको साथ र विश्वासलाई कदापि डगमगाउन दिनेछैन:लामिछाने
पुडासैनी आत्महत्या प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतमा रहनुभएका रवि लामिछानेले समर्थकको साथ र विश्वासलाई डगमगाउन नदिने बताउनुभएको छ ।
जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भए लगत्तै समर्थकलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की(रुकु)लाई पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
Facebook Comments

