बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्ताव संसदबाट अस्वीकृत

बेलायतमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव संसदबाट अस्वीकृत भएको छ ।

बुधवार हाउस अफ कमन्समा भएको मतदानमा सांसदहरुले समयअगावै निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।

निर्वाचन समय अगावै गराउनका लागि दुईतिहाइ सांसदले समर्थन गर्नुपर्ने हुन्छ । जसका लागि कूल सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो ।

मतदानमा निर्वाचन गर्नपर्ने पक्षमा पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । आउँदो अक्टोबर १५ तारिखमा नै आमनिर्वाचन गराउने प्रस्ताव प्रधानमन्त्री जोनसनको थियो ।

Facebook Comments