अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर काेरिया भ्रमणकाे निम्ताे !

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्रमार्फत राजधानी प्योङयाङ भ्रमण गर्न निमन्त्रणा पठाएकाे खुलेकाे छ ।

दक्षिण कोरयाली पत्रिकाले सोमबार कूटनीतिक श्रोतलाई वार्ताका लागि प्योङयाङ भ्रमण गर्न निमन्त्रणा पठाएकाे पठाएकाे उल्लेख गरेकाे छ ।

अगस्ट तेस्रो साता किमले पठाएको पत्रमा ‘तेस्रो वार्ता चाहेको र ट्रम्पलाई उत्तर कोरियाको राजधानी प्योङयाङको स्वागत गर्ने भनी उल्लेख भएकाे दक्षिण कोरियाली पत्रिका जोङग्याङ इल्बोमा उल्लेख लेखिएकाे छ ।

अमेरिका र उत्तर कोरियाको मिसाइल परीक्षण र परमाणविक कार्यक्रमका विषयमा सिंगापुर र भियतनाममा वार्ता भएपनि कुनै छलफल भएको छैन ।

Facebook Comments