दिगो शान्ति र विकासका लागि एकताबद्ध प्रयास आवश्यक

दक्षिण कोरिया लगायत विश्वका विभिन्न मुलुकहरुमा भएका विश्व शान्ति सम्मेलनमा दिगो शान्ति र विकासका लागि एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिइएको छ ।

सरोकारवालाको सामूहिक प्रयासले मात्र दिगो शान्ति हाँसिल हुनेमा विभिन्न देशमा भएका कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन् ।

शान्ति प्रबद्र्धनका लागि कानुनी अवधारणा सहित अगाडि बढ्नुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।

दक्षिण कोरियामा सेप्टेम्बर १८ र १९ गरी २ दिनसमम भएको कार्यक्रममा विश्वस्तरमा नै युद्ध अन्त्य र शान्तिको घोषणा सम्बन्धि कार्यपत्रलाई कानुनी प्रावधानका रुपमा अगाडि बढाउन पहल गर्ने बारे छलफल भएको छ ।

आपसी छलफलबाट धार्मिक सद्भाव अभिबृद्धि, सञ्चार माध्यम मार्फत् शान्ति प्रवद्र्धनका गतिविधि प्रचार प्रसारका लागि सञ्जाल निर्माण, महिला, युवाहरुको सञ्जाल निर्माण लगायतका विषय सम्मेलनमा अवसरमा छलफल गरिएको थियो ।

डिपिसिडब्लुको कार्यान्वयनका लागि शान्ति यात्रा, शान्तिपत्र अभियान, हस्ताक्षर अभियान लगायतका कार्यक्रम विश्वस्तरमा सञ्चालन गरिएको समेत सो अवसरमा जानकारी दिइएको थियो ।

डिपिसिडब्लुलाई संयुक्त राष्टसंघको साधारणसभामा समेत एक प्रस्तावनाका रुपमा छलफल गर्न माग गरिएको छ ।

धार्मिक सद्भाव अभिबृद्धिका लागि छलफल, महिला र युवाहरुको शान्ति सञ्जाल, शिक्षामा शान्ति प्रवद्र्धनात्मक विषयको अध्यापन, विश्वव्यापी शान्ति सञ्चार सञ्जाल लगायतका विषय सम्मेलनमा समावेश गरिएको थियो ।

वार्प समिटको पाँचौ बर्षगाँठका अवसरमा दक्षिण कोरिया, न्युजील्याण्ड, रसिया, टर्की, अमेरिका, दक्षिण अप्रिका, बेलायत सहित विश्वका ११३ मुलुकका १६६ स्थानमा कार्यक्रम भएको एचडब्लुपिएलले जनाएको छ ।

Facebook Comments