साझा अब विकल्प होइन, निर्विकल्प पार्टीः संयोजक मिश्र

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताउनुभएको छ ।

शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभालाई सम्बोधन गर्दै मिश्रले यस्तो जिकीर गर्नुभएको हो ।

अवको निर्वाचनमा देशलाई दोहन गर्ने, जनताको जीवनस्तर माथि जान दिने भन्दा पनि आफ्नो र आफ्ना परिवार नातागोताको जीवनस्थर उकास्नतर्फ लाग्ने दललाई जनताले मत नदिने मिश्रको जिकीर छ ।

पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रको भनाई छ ।

उहाँले जनताले आफ्नो दललाई विश्वास गरेमा १५÷२० वर्षमै मुलुकको रुपान्तरण गर्न सक्ने बताउनुभयो ।

मुलुकको समृद्धिका लागि अहिलेको संविधानलाई संशोधन मार्फत् असन्तुष्टी सम्बोधन गर्न सकिने बताउनुभयो ।

बारम्बार सडक आन्दोलन गरेर विकास र समृद्धिलाई पछाडि पार्न नहुने धारणा राख्दै मिश्रले दुईतिहाईको शक्तिशाली सरकारले पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभयो ।

यसैवीच साझा पार्टी सत्तामा पुगेमा २०४६ सालयता सत्तामा पुगेका नेता, प्रशासक र उच्चपदस्थहरुको सम्पति छानबिन गर्ने मिश्रको भनाई छ ।

Facebook Comments