टीकापुर घटनाका झुठा मुद्दा खारेज हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टीकापुर घटनाकाे सम्बन्धमा झुठा मुद्दा खारेज गरिने बताउनुभएकाे छ ।
जितिया पर्वकाे अवसरमा सुनसरीमा भएकाे कार्यक्रममा बाेल्ने क्रममा अध्यक्ष प्रचण्डले टिकापुर घटनाका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताउनुभयाे ।
उहाँका अनुसार प्रधानमन्त्रीसँग टीकापुर घटनाको सन्दर्भमा झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेकाे बताउनुभयाे । उहाँले थुनामा रहेका थारूहरू मुक्त हुने जिकीर गर्नुभयाे ।
टीकापुर घटनाकाको मुद्दामा अहिले जेलमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रेशम चौधरी थुनामुक्त हुने प्रचण्डकाे जिकीर थियाे ।
आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि मुद्दा मामला र जेलमा रहेकाले साे पीडा आफूले अनुभूत गरेकाे प्रचण्डले उल्लेख गर्नुभयाे ।
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरी सहित १० जनालाई जन्मकैदको सजाय तोकेको छ।

