चिनियाँ राष्ट्रपतिसँग नेपालले केरुङ्ग– काठमाडौँ रेलमार्ग निर्माणका लागि सहयाेग माग्ने

नेपालले चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणका केरुङ्ग–रसुवा काठमाडौँ रेलमार्ग निर्माणमा सहयाेगका लागि अनुराेध गर्ने भएकाे छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणबारे चिनीयाँ पक्षसँग छलफल भइरहेकाे र मिति छिट्टै तय हुने बताउनुभयाे ।

ज्ञवालीका अनुसार राष्ट्रपति सि चिनफिङकाे नेपाल भ्रमणका बेला मुख्य एजेन्डाका रूपमा केरुङ्ग–रसुवा काठमाडौँ रेलमार्ग रहने निश्चित रहेकाे बताउनुभयाे ।

चिनियाँ राष्ट्रपति सी असाेजकाे २५ र २६मा भारतकाे भ्रमणमा जाने कार्यक्रम तय भएकाे छ । साेही बेला सीले नेपालकाे पनि भ्रमण गर्ने गरी तयारी भएकाे छ । तर सीकाे नेपाल भ्रमणकाे तयारी तीव्र भएपनि दुवै पक्षले अपाैचारिक रूपमा जानकारी भने दिएका छैनन् ।

सुरक्षाका साथै राष्ट्रपति सी सवार हुने भनिएकाे विमानले समेत पूर्व अभ्यास गरिसकेका छन् । उच्चस्तरीय भ्रमण भएकाले चीनले विशेष चासाेका साथ हेरेकाे छ भने नेपालले पनि विशेष तयारी गरिरहेकाे छ ।

Facebook Comments