बेगनास ताल बराह क्षेत्र पर्यटनको लागि अर्को नयाँ गन्तब्य सभापति कोइराला
बेगनासताल क्षेत्रमा रहेको बराह क्षेत्र पर्यटन हिसावले अर्को नयाँ गन्तब्य बन्ने गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विसका समितिका सभापति दीपक कोइरालाले बताउनु भएको छ । । पोखरा महानगरपालिका वडान ३१ कंडेल टुडाँमा रहेको बराह क्षेत्रकै प्राङणमा भएको एक कार्यक्रममा बोल्दै सभापति कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले सयौ बर्ष पुरानो मन्दिर ओझेलमा रहेको भन्दै प्रचार प्रसारको खाचो पनि औलाउनु भयो ।
त्यस क्षेत्रलाई धार्मिक पर्यटनको विकासको लागि गुरु योजना बनाएर काम गर्नुपर्ने भन्दै प्रदेश सरकार संघीय र स्थानीय सरकार संग मिलेर त्यस क्षेत्रको विकासको लागि तयार रहेको बताउनु भयो । महानगरका मेयर आफु र प्रतिनिधि सभाका सोही क्षेत्रका सांसद खगराज अधिकारी विच त्यस क्षेत्रको विकासको लागि छलफल भएको भन्दै बेगनास घुम्न आउने पर्यटकलाई बाराह क्षेत्रको बारेमा जानकारी हुनु पर्ने बताउनु भयो । बेगनास ताल र फेवाताल जोडने गरेर बृहत योजना भएपनि अहिलेनै तालबाराही मन्दिर र बेगनासको ताल बराह क्षेत्रलाई जोडनु पर्ने बताउनु भयो ।
पोखरा महानगरमा कार्यरत एवं स्थानीय राममणी अधिकारीले बराह क्षेत्रको विकासको लागि बेगनास तालमा बराह क्षेत्र डुंगाबाटै परिक्रमा गर्न मिल्ने बनाउन सांसद कोइरालााई पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले बराह क्षेत्र धार्मिक पर्यटनको हिसावले सम्भावनानै सम्भावना भएको क्षेत्र भएको बताउनु भयो ।
कार्यक्रममा पुर्व जिल्ला न्यायधिस डिल्लिरमण तिवारी,चन्दादाता दयाराम तिवारी लगायतले बोल्नु भएको कार्यक्रमको बेगनास बराह क्षेत्रविकास समितिका अध्यक्ष बद्रीनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन सचिव विष्णु सुवेदीले गर्नुभएको थियो ।


