स्वरेक कोटमा दशैमा सामुहिक टीका भिडियो


स्याङ्जा भैरवकालिका मन्दिर स्वरेक कोटमा दशैको दिनमा सयौ बर्षदेखि सामुहिक टीका हुदै आएको छ । यसैविच आज दशैको दिन पनि अन्य बर्ष जस्तै स्थानीयहरु आफ्नो घरमा भएको जमरा र रातो टिका लिएर कोटमा पुगेका छन्। टिकाको लागि उत्तम साहित १०.३५ बजे भनिएपनि स्वरेकमा भने दुर्गाको प्रसादको रुपमा टीका ग्रहण गर्न साहितको जरुरत नपर्ने भनाई रहदै आएको छ । विहानै जम्मा भएकाहरु मौला र कोटघरमा देवीलाई टीका चडाएपछि एकले अर्कोलाई दशैको शुभकामना दिदै एक आपसमा टीका लगाईदिने लगाउने चलन रहि आएको छ ।

https://www.youtube.com/watch?v=Sb_huwHM_6g&feature=youtu.be
घरमा ठुला बडाले सानालाई टीका लगाएर आर्शिबाद दिने चलन भएपनि सामुहिक टिकामा भने सानाले ठुलालाई ठुलाले सानालाई दुवैले एक आपसमा टिका लगाउने चलन रहि आएको छ । त्यहा टिका लगाएपछि कोटको टीका घरको अक्षतामा मिसाएपछि घर घरमा टीका लगाउने गर्छन । घरमा टीका लगाउनेहरुले उत्तम साहितमा टीका लगाउने चलन रहि आएको छ ।

Facebook Comments