प्रधानमन्त्री ओलीद्वारा दशैंको टीका जमरा ग्रहण


प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंको टीका शुभ(साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाउनु भएको छ । पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ(साइतमा टीका लगाउन नपाउनु भएको हो । टीकाको शुभसाइत बिहान १०स्३५मा रहे पनि झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीले दिउँसो साढे दुई बजेतिर पिताको हातबाट दशैंका टीका ग्रहण गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्रीले शुभसाइतमै बुबाको हातबाट टीका लगाउने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री ओलीका पिताले ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई धार्मिक विधिपूर्वक टीका, जमरा तथा प्रसाद प्रदान गर्नुभएको । त्यसपछि प्रधानमन्त्रीले धर्म पत्नी राधिकालाई टीका र जमरा लगाइदिएका थिए। बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धा्रित कार्यतालिकाअनुसार यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्नुभएको थियो । प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण गर्नुभएको थियो ।

Facebook Comments