राष्ट्रपति भण्डारीद्वारा टीका जमरा ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएकोहो ।
राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उहाँले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभयो ।
राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गर्नुभएको थियो देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाई दिनु भयो ।
त्यस्तै राष्ट्रपति भण्डारीबाट उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ), प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले समेत टीका ग्रहण गर्नुभएको छ ्। राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले पनि राष्ट्रपतिबाट टीका ग्रहण गर्नुभएको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाल,मन्त्री लालबाबु पण्डित लगायतले पनि टीका ग्रहण गर्नुभएको छ ।





