चिनियाँ राष्ट्रपति सी जीनपिंग असोज २५ गते नेपाल आउने पक्का


परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उहाको भ्रमण दुई दिने रहने उल्लेख गरिएको छ। सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको क्रममा चिनियाँराष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुरदेउवा लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँराष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।चिनियाँराष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ। नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि १३ अक्टोबर अर्थात असोज २६ मा उनी वेइजिङ फर्कने बताइएको छ ।

Facebook Comments