एनआरएनएको अध्यक्षमा कुमार पन्त चयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएकाे छ।

संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।

मत गणना सकिए पनि मतपरिणाम भने निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्तकाे सन् सन् १९९९ देखि जर्मनीमा व्यवसाय रहेकाे छ ।

यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष रहनुभएका पन्तले लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता लगायतका एजेण्डा स्थापित गर्ने भन्दै निर्वाचनमा हाेमिनुभएकाे थियाे ।

निर्वाचित भए लगत्तै पन्तले प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया पुरा गनेर् बताउनुभएकाे छ । संघकाे उपाध्यक्षमा बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपाध्यक्षमा

मन केसी, रविना थापा, महासचिवमा डा. हेमराज शर्मा, सचिवमा गौरी जोशी र आरके शर्मा, कोषाध्यक्षमा महेश श्रेष्ठ सह कोषाध्यक्षमा लोक दाहाल चयन हुनुभएकाे छ ।

विदेशमा रहेका नेपालीहरूकाे साझा संस्थाकाे रूपमा परिचित एनआरएनए मा चरम राजनीति भएकाे गुनासाे प्रतिनिधिहरूले गरेका छन् ।

Facebook Comments