समाजवादी पार्टी र राजपावीच एकीकरण हुने

समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) वीच छिट्टै एकीकरण हुने भएको छ ।

सत्ता साझेदार पार्टी समाजवादी पार्टी र सरकारको विपक्षमा रहेको राजपावीच पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

दुवै पार्टीका नेताहरुले एक महिनाभित्र एकता गर्ने तयारी रहेको बताएका छन् ।

राजपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र महतोले दिनुभएको जानकारी अनुसार पार्टी एकीरणका लागि सैद्धान्तिक सहमति भएको छ ।

समाजवादी पार्टीको महासचिव गंगानारायण श्रेष्ठले छिट्टै राजपासँग एकीकरण हुने बताउनुभयो ।

दुवै नेताले दुई पार्टीबीच एउटाको नाम र अर्कोको चुनाव चिह्न राख्ने विषय सहमति भएको उल्लेख गरेका छन् ।

वार्तामा सहभागी एक नेताका अनुसार पार्टीको नाम समाजवादी पार्टी र चुनाव चिह्न राजपाले प्रयोग गरेको छातालाई मान्ने गरी एकीकरण हुने लगभग निश्चित भएको छ ।

एकीकरण भएपछि सरकारमा रहने कि नरहने भन्ने मुद्दा पेचिलो बन्ने छ नेताहरूकाे व्यवस्थापन झनै चुनाैतिपूर्ण बन्ने निश्चित छ ।

Facebook Comments