तिहारः गाई पूजा गरी मनाइँदै

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई पूजा गरेर मनाइएकाे छ ।

हिन्दु नेपालीहरूले गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाउने गर्दछन् ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको प्रचलनका रूपमा चलेकाे मानिन्छ ।

गाईकाे दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता समेत भनेर चिनिन्छ ।

गाई पूजाका दिन मीठा–मीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैँ पाइने धार्मिक विश्वास छ ।

नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिकको कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिथि एकै दिन परेकाले गाेरू पुजा र कृषक पूजा पनि गरिएकाे छ ।

आजको दिनमा गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिदिए वैतरणी तर्ने धार्मिक विश्वास रहेको छ ।

यो बर्ष गाइ र गोरु पूजा एकै दिन परेको छ । सामान्यतया अघिल्लो दिन गाई पूजा र त्यसको भोलिपल्ट गोरुपूजा गर्ने गरिने भएपनि यो वर्ष सोमबारै गोरु तथा कृषकलाई समेत पूजा गरेर मनपर्ने परिकार खान दिइन्छ ।

घरमा गाेरू पाल्नेहरूले बर्षभरि खेतीपातीमा महत्वपूर्ण भूमिका रहने गाेरूकाे पुजा गरेका छन् । कृषकहरूका लागि अहिले पनि ग्रामीण क्षेत्रमा गाेरूकाे भूमिका महत्वपूर्ण रहने गर्दछ ।

Facebook Comments