बृद्धभत्ता बढाउन भूमिका खेल्छुः उम्मेदवार विद्या

नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सम्मान गर्ने बताउनुभएको छ ।

चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटनमा धर्म, संस्कृति र संस्कारलाई सँधै सम्मान गर्ने बताउनुभयो ।

रवीन्द्र सँधै धर्म र संस्कृतिको पक्षपाती भई त्यसको सुधारमा लागेको र आफूपनि स्व.अघिकारीको अनुयायी भएकाले त्यसप्रति सदैव सम्मान गर्ने गरेको उहाँको भनाई थियो ।

घरदैलोका क्रममा उम्मेद्वार विद्या भट्टराई अधिकारीले मुक्तिनाथ विकास वैंकमा सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) बुझ्न लामबद्ध बृद्धबृद्धाहरुसँग पनि मत माग्दै बृद्धभत्ता बढाउनका लागि पहल गर्ने बताउनुभयो ।

यसैबीच, छोरेपाटनमा आयोजित कोणसभामा बोल्दै नेकपाकी युवा नेतृ नवीना लामाले उम्मेद्वार विद्या सक्षम, योग्य र प्राज्ञिक व्यक्ति भएको उल्लेख गर्नुभयो ।

प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता तिलक महतले सच्चा राष्ट्रबादी शक्ति नेकपा भएको बताउनुभयो ।

उहाँले देशको सिमानाको रक्षा नेकपाबाहेक अन्य कुनैपनि शक्तिले नसक्ने भएकाले सीमाना रक्षाका लागि पनि नेकपालाई जिताउनुपर्ने बताउनुभयो ।

छोरेपाटनमा आयोजित कोणसभामा कांग्रेससहित विभिन्न दलका ४५ भन्दा बढी व्यक्तिहरु नेकपा प्रवेश गरेका छन् ।

यसैबीच, पोखरा वडा नम्बर ४ मा आदिवासी जनजाति निर्वाचन परिचालन समिति गठन भएको छ ।

नेकपा उम्मेद्वार विद्यालाई जिताउन राजकुमारी भुजेल ईञ्चार्ज र भक्त तामाङ संयोजक रहनेगरी ५१ सदस्यीय समिति बनेको हो ।
समितिले आदिवासी जनजातिको हक, अधिकार रक्षाका लागि विद्यालाई जिताउन अपिल गरेको छ ।

पोखरा २१ निर्मलपोखरीमा पनि नेकपाको घरदैलो जारी रहेको प्रचारप्रसार सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्मलपोखरीको चिलाउने खर्क, बाँसपानी, महबारी, थाप्ले तिलाहार, फोक्सिङ, शिवालय क्षेत्रमा घरदैलो गर्दै अहिले कृष्तीको रातामाटा, पोखरेलथोक क्षेत्रमा घरदैलो जारी रहेको छ ।

Facebook Comments