अन्नपूर्ण आधार शिविरमा २ नेपाली सहित ४ काेरियाली नागरिक बेपत्ता
अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शक बेपत्ता भएका छन् ।
साेही टाेलीमा रहेका ५ कोरियाली नागरिक र १ नेपालीकाे भने जीवितै उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
यतिबेला उद्दार टाेली हेलिकाेप्टरमा घटनास्थलमा पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका पाँचै जनालाई मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने छ ।
अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना पथप्रर्दशक सम्पर्कविहीन बुझिएकाे छ ।
साे क्षेत्रमा हिमपातका कारण अत्याधिक चिसाे भएकाले उद्दारमा कठिनाइ भएकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments

