राष्ट्रियसभा निर्वाचनकाे तयारी पुरा ( गण्डकी प्रदेशमा कस्को मत कती)

यही माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनकाे तयारी पुरा भएकाे छ । निर्वाचन आयोगका अनुसार मतदान हुने सातवटै प्रदेशमा तयारी पुरा भएकाे छ ।

सातवटै प्रदेशमा यहि माघ ९ गते राष्ट्रियसभाका १८ सदस्य पदका लागि निर्वाचन हुँदैछ। जस मध्य गण्डकी प्रदेशबाट २ पदका निर्बाचन हुँदैछ ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष मतदाता रहनेछन्।

गण्डकी प्रदेशसभामा ६० जना र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख ८५ गरी कुल २३० जना मतदाता छन ।

प्रदेशमा कुल मतभार २ हजार ८ सय ८० छ भने स्थानीय तर्फ ३ हजार ६० गरेर कुल ५ हजार ९ सय ४० मतभार रहेको छ ।

नेकपाको प्रदेश सभामा ४० सांसद र ४० अध्यक्ष र प्रमुख छन भने ४३ जना उपाध्यक्ष र उप प्रमुख रहेका छन गाउँपालिका ,नगरपालिकाको एक उम्मेदवार बराबर १८मत र प्रदेश सदस्यको १ उम्मेदवार बराबर ४८ गरि कुल ३४ सय १४ मतभार रहेको छ भने नेपाली काग्रेसको प्रदेश सभा तर्फ १५ जना सांसद छन ।

अध्यक्ष प्रमुख तर्फ ४४ , उपाध्यक्ष उपप्रमुख तर्फ ३७ रहेका छन् । काग्रेसको कुल मत २ हजार १ सय ७८ रहेको छ । राष्ट्रिय जनमोर्चाको प्रदेश सभामा ३ सदस्य र अध्यक्ष उपाध्यक्ष ३ गरि कुल मत १९८ रहेको छ ।

समाजबादी पार्टीको प्रदेशसभा सदस्यमा २ जना रहेका छन जस्को मतभार ९६ रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीको २ उपाध्यक्ष रहेका छन जस्को मत भार ३६ रहेको छ भने एक स्वतन्त्र उपाध्यक्ष रहेकोमा उनको मत १८ रहेको छ ।

राष्ट्रियसभाको चुनावका लागि नेकपा बाट नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ खुल्ला र महिलामा भगवती न्यौपाने रहनु भएको छ भने यसैगरी नेपाली काग्रेसबाट राष्ट्रियसभा सदस्यका सूर्यप्रसाद रेग्मी र विमला गौचन रहनु भएको छ ।

राष्ट्रिय जनमोर्चाबाट अन्यतर्फ गण्डकी प्रदेश अध्यक्ष शंकर बराल उम्मेदवार रहनु भएको छ । नेकपाका गण्डकी प्रदेश अध्यक्ष एवं पुर्वमन्त्री हितराज पाण्डे (उत्तम)ले नेकपाका उम्मेदारहरुलाई विजयी घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भयो ।

एक भोट पनि दायाँ बायाँ हुदैन औपचारिकताको लागि मात्रै माघ ९ गते सम्म कुर्न परेको अध्यक्ष पाण्डेयले शुभन्युजलाई बताउनुभयो ।

राष्ट्रियसभामा गाेला प्रथाबाट उम्मेदवारकाे कार्यावधि छनाैट गर्दा पहिलाे २ वर्ष कार्यावधि हुने १८ पदका लागि निर्वाचन हुन लागेकाे हाे ।

Facebook Comments