सहिद दिवस मनाईदै

आज माघ १६ गते अर्थात सहिद दिवस । राणा शासनकाे विराेध गरेकाे भन्दै तत्कालीन शासकहरूले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई १९९७ काे माघ महिनामा हत्या गरेका थिए ।

विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाण्डौको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथ चन्द ठाकुरलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधि गोली हानी हत्या गरिएको थियो ।

साेही हत्या पश्चात माघ १६लाइ सहिद दिवसका रूपमा मनाउने गरिएकाे हाे ।

प्रजातन्त्रका लागि वीर सपूतहरुको वलिदान रहेको छ । आज तिनै सपुतहरुको सम्झना र सम्मानको हो यस माघ १६ को शहीद दिवस् मनाउने गरिन्छ ।

परिवर्तित परिपेक्ष्यमा नेपाललाई शहीद दिवसका रुपमा मात्र नभई सहिद सप्ताहका रुपमा एकहप्ता अगाडिदेखिनै विभिन्न कार्यक्रम गरेर मनाईने गरिन्छ ।

नेपाली शब्दकोषमा उल्लेख भए अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो ।

थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको हो ।

राणा शासनमा मात्र नभइ ०४६ सालकाे जनआन्दाेलन, २०५२ देखि ०६२ सम्मकाे जनयुद्ध, ०६२ /६३काे जनआन्दाेलन र मधेस तथा थारू अधिकारका लागि भएका विभिन्न कालखण्डका संघर्षमा समेत हजाराैंले सहादत गरेका छन् । ती सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन

Facebook Comments