पर्यटन नै समृद्धिको मुख्य आधार: मन्त्री लम्साल


गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटननै समृद्धिको मुख्यआधार रहेको बताउनुभएको छ ।

‘पहिला देश अनिमात्र विदेश’ भन्ने मुल नाराका साथ वण्डर फूल वालिङ पर्यटन विकास संस्था र वालिङ नगरपालिकाको आयोजना गरेको प्रथमवालिङ सांस्कृतिक तथा आन्तरीक पर्यटन रमाईलो मेलाको समापन समारोहलाई सम्बोधन गर्दै यहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री लम्साले गण्डकी प्रदेश सरकारले पर्यटनबाट समृद्धि हासिल गर्नको लागि अभियान नै चालएर अगाडी बढीरहेको बताउनुभएको हो ।

मन्त्री लम्सालले पर्यटनमा गण्डकी प्रदेश अत्यन्तै रमणीय प्रकृति, संस्कृति र भुगोलमा साहशीक खेलका लागि विभिन्न सम्भावनाहरु बोकेको बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रमा संभावना नै संभावना देखेकाले नै देशको समृद्धिको लागीपर्यटनलाई नै मुख्यआधार मानेर अगाडी बढाएको उल्लेख गर्नुभयो ।

वन्डरफुल वालिङ पर्यटन विकास संस्थाले गण्डकी प्रदेश सरकार र नेपाल सरकारले सुरु गरेको भम्रण वर्षलाई लक्षित गरेर आयोजना गरेको पर्यटन मेलामा राखेका विभिन्न घरेलु सामानहरुले हाम्रो मौलिकतालाई झल्काएको भन्दै आभार समेत प्रकट गर्नुभयो ।

मेला जिल्लामै पहिलोपटक खोलाकिनारमा खेलिने विच भलिबल प्रतियोगिता, पञ्चे बाजा प्रतियोगिता, फोटो तथा भिडियो प्रतियोगिता, विभिन्न व्यक्तित्वहरुबीच संस्कृति र पर्यटनसम्बन्धी बहसको आयोजना गरिएको थियो ।

मेला अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका साथै विभिन्न व्याण्डहरुको कन्र्सट तथा स्थानीय प्रतिभाहरुलाई स्टेज प्रदान गरिएको कलाकार व्यवस्थापन समिति संयोजक मणिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

Facebook Comments