मातृभाषामा शिक्षा माध्यम हो , विषय होइन: विज्ञ
घनश्याम पाण्डेय
संविधानले मातृभाषामा शिक्षा पाउने हरेक बालबालिकको अधिकार हुन्छ भनेको कुरालाई हिजो आज गलत प्रयोग हुन थालेको विज्ञहरुले बताएका छन् ।
गण्डकी प्रदेशमा मातृभाषाको अबस्था र कार्यान्वयनको स्थिति विषयक अन्तरक्रिायमा कार्यपत्र प्रस्तुत गर्दे भाषा विज्ञ अमृत योन्जन तामाङले सो कुरा बताउनु भएको हो ।
घरमा एउटा भाषा विद्यालयमा अर्को भाषामा पढाई हुदा साना बाबुनानी स्कुल जान मन नगर्ने पढाएको नबुझने जस्ता समस्या देखा पर्ने भन्दै सरकारले नेपाल सरकारकै पाठ्यक्रलाई उनिहरुको मातृभाषामा पढाउनेकुरा संविधानले सुनिश्चत गरेको बताउनुभयो ।
मातृभाषा माध्यम मात्रहो, मातृभाषा विषय होइन उहाँले बताउनुभयो । अहिले मातृभाषाको पढाई भन्ने बुझेर कतिपय ठाउँमा भारतबाट तिब्तीयन भाषाका किताव ल्याएर पढाई शुरु गरेको बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका तारामणि राईले नेपालमा १२३ प्रकारको भाषा बोलिने गरेपनि कुसुन्डा,तिलुङ लगायतको भाषा लोपहुने अबस्थामा रहेको भन्दै भाषा हराए संस्कृति र सस्कार हराउने बताउनुभयो ।
विश्वमा अहिले सातहजार प्रकारका भाषा बोलिने गरेकोमा दुई हप्तामा एउटा भाषा लोप हुदै गएको अबस्था रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आन्तरिक राष्ट्रियता कमजोर भए भाषा संस्कृति र सस्कार पनि कमजोर हुने बताउनुभयो ।

बाह्र र अठार राज्यको पालादेखि भाषामाथी प्रहार भएको बताउनुभयो । भाषा बचाउन बोलिचाली ,कामकाजी प्रशासन र पाठ्यक्रममा समावेश भएमात्र जिवन्त हुने नत्र लोप हुदै जाने बताउनु भयो ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले गुम्बा,मस्जिद लगायतको क्षेत्रका पढाइलाईपनि मान्यता दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद दीपक चर्ती मगर,मिनप्रसाद गुरुङ, मनवहादुर गुरुङ,चन्द्र बहादुर बुडाले भाषा जिवीको पार्जन संगपनि जोडिने बताउनु भयो ।
भाषा जोगाउनु सवैको कर्तब्य भएकोले रोजगारी संग भाषालाई जोड्न सके भाषा जिवन्त हुने बताउनु भयो ।
सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माले गण्डकी प्रदेशले प्रज्ञाप्रतिष्ठान सम्न्बधी ऐन प्रदेश सभामा लगेको बताउनु भयो ।

