३ बर्ष सक्रियताका साथ सरकार चलाउँछुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बर्ष सक्रिय भएर सरकार चलाउने बताउनुभएकाे छ ।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँगकाे कुराकानीमा अब चाँडै मृगौला फेर्ने र तीन वर्षसम्म सक्रियतापूर्वक सरकार चलाउने बताउनुभयाे ।
उहाँले मृगौला फेर्नु पछिल्लाे समय सामान्य भइसकेकाे प्रधानमन्त्रीकाे भनाइ छ । सजिलाेसँग ३ बर्ष सरकार चलाउनका लागि छिट्टै किट्नी ट्रान्सप्लान्ट गर्ने उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले अर्को चुनावसम्म प्रधानमन्त्री हाँक्नलाई पार्टीभित्रबाट अब कुनै समस्या र विमति नरहेको पनि उल्लेख गर्नुभयाे ।
प्रधानमन्त्रीमा आलोपालो गर्ने पस्ताव आफूले गरेपनि अर्का अध्यक्ष प्रचण्डले नै आलोपालो छाडेर स्थिर ढंगले लाने, अस्थिरता नदेखाउने प्रस्ताव राखेकाे प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
Facebook Comments

