सरकारकाे कामप्रति स्वयं प्रधानमन्त्री नै असन्तुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहेको गतिमा विकास निर्माणको काम अगाडि बढ्न नसकेको बताउनुभएकाे छ ।
आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले केन्द्र, प्रदेश र स्थानीय सरकारका तर्फबाट विकास निर्माणमा तीव्रताका साथ काम हुन नसकेकाेमा असन्तुष्टी व्यक्त गर्नुभएकाे हाे ।
प्रधानमन्त्रीले खासगरी आयोजना कार्यान्वयनको गति, न्यून पुँजीगत खर्च, वैदेशिक सहयोगका आयोजनामा भइरहेको ढिलासुस्तीबारे असन्तुष्टि व्यक्त गर्नुभयाे ।
पुँजीगत खर्च ज्यादै न्युन भएकाे र विकास निर्माणमा गति लिन नसकेकाे प्रधानमन्त्रीकाे भनाइ छ ।
प्रधानमन्त्रीले आयोजना कार्यान्वयनमा गति दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयाे ।
Facebook Comments

