चीनबाट फागुन ३ मा नेपालीलाइ ल्याउने
चीनकाे वुहानमा रहेका नेपाली विद्यार्थीहरूलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ।
मन्त्रिपरिषदको बैठकले फागुन ३ गते नेपाल एयरलाइन्सको जहाजबाट नेपाल ल्याउने निर्णय गरेकाे हाे ।
वुहानबाट १८० नेपाली विद्यार्थी नेपाल आउन खाेजिरहेका छन् । लामाे समय वित्दासमेत नेपाली विद्यार्थी ल्याउन नसकेकाे भन्दै सरकारकाे कडा आलाेचना भइरहेकाे छ ।
चीनबाट ल्याइने विद्यार्थीहरुलाई भक्तपुरकाे खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने छ। यसअघि खरिपाटीका स्थानीयले सरकारकाे निर्णयकाे विराेध गरेका थिए । संसदमा समेत यसबारेमा कुरा उठेकाे थियाे ।
मंगलबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच भएको छलफलमा स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएका छन्।
Facebook Comments

